रोनाल्डोले सुरु गरे रियल मड्रिडमा प्रशिक्षण
मेरोन्यूज
२०७९ मंसिर २९ गते ७:००

काठमाडौं । पोर्चुगलका कप्तान तथा फरवार्ड क्रिस्टियानो रोनाल्डोले स्पेनिस क्लब रियल मड्रिडको ट्रेनिङ मैदान पुगेर प्रशिक्षण सुरु गरेका छन् ।
पोर्चुगल कतार विश्वकपबाट बाहिरिएपछि रोनाल्डो रियल पुगेर एकल प्रशिक्षण गरिरहेको बीबीसीले जनाएको छ । प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेड छाडेपछि रोनाल्डो क्लब विहीन रहेका छन् । क्लब विहीन रहेपछि रोनाल्डोले रियलको ट्रेनिङ सेन्टर भल्देबेबासमा प्रशिक्षण सुरु गरेका हुन् ।
पोर्चुगल मोरक्कोसँग पराजित हुँदै कतार विश्वकपको क्वाटरफाइनलबाट बाहिरिएको थियो ।
रियल रोनाल्डोको पूर्व क्लब समेत हो । रोनाल्डो रियलका लागि सर्वाधिक गोलकर्ता हुन् ।
रोनाल्डो २००९ मा म्यानचेस्टर युनाईटेडबाट रियल आएका थिए । तर, उनी २०१८ मा रियल छाडेर युभेन्ट्स गएका थिए । रोनाल्डो २०२१ मा युभेन्ट्स छाडेर युनाईटेड फर्किएका थिए ।
सम्बन्धित
















यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
चौतर्फी बिरोधपछि अध्यादेशबारे सरकारको प्रष्टिकरण
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया