बुधबार, माघ १४, २०८२

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

मेरोन्यूज २०७९ मंसिर २९ गते १४:२१

काठमाडौँ । आफ्नै श्रीमान ४० वर्षीय मन बहादुर नेपालीको हत्या अभियोगमा कास्की पोखरा महानगर ३० शिशुवा घर भई तनहुँ शुक्लागण्डकी नगरपालिका ४ प्रगति टोल बस्ने ३६ वर्षीया सुशिला पक्राउ परेकी छन् ।

मादक पदार्थ सेवन गरी घरायसी विवादका कारण सुशिलाले श्रीमानको टाउकोमा ढुंगा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया