आइतबार, चैत ८, २०८२

सांग्रिला विकास बैंकले अपग्रेड गर्‍यो आफ्नो मोबाइल एप

मेरोन्यूज २०७९ पुष ३ गते १८:२१

काठमाडौँ । सांग्रिला विकास बैंकले हालै आफ्नो मोबाइल बैकिङ्ग एप सांग्रिला स्मार्टलाई अपग्रेड गरेको छ । नयाँ एप्लीकेशन नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेशनल निर्माण गरेको छ , जुन बैंक एक्स्पी आर्किटेक्चरमा आधारित रहेको छ । यसले प्रयोगकर्तालाई कार्य क्षमताको फराकिलो दाय।ालाई अनुमति दिन्छ ।

Advertisement
nepal life insurencenepal life insurence

सांग्रिला स्मार्ट डिजिटल बैंकिङ्गको लागि ओम्निच्यानल दृष्टिकोणमा आधारित छ र यसले ग्राहकलाई उनीहरुको मोबाईल र वेब उपकरणबाट सहजै एप्लिकेशन प्रयोग गर्न समान प्रमाणहरु तथा पासवर्डहरु प्रयोग गर्न अनुमति दिन्छ । नयाँ एप्लिकेशनमा बिल भुक्तानी, चेक बुक अनुरोध,सेल्फ पासवर्ड/पिन रिसेट, माध्यमहरुको अन्तरसञ्चालन जस्ता थुप्रै सुविधाहरु रहेका छन् ।

नयाँ एप्लीकेशनको अपग्रेडबारे सांग्रिला बैंकका प्रमुख अपरेटिङ अफिसर अपूर्व प्रसाद जोशीले भने, ‘सांग्रिला विकास बैंकले डिजिटल बैंकलाई सधै प्रवद्र्धन गर्दै आएको छ । हामी अबको भविष्य डिजिटल भविष्यको बाटो हो भन्ने विश्वास गर्छौं र हाम्रो एपको नविनतम संस्करणको सुरूवातसँगै प्रयोगकर्ताले एपबाटै सीधै विभिन्न प्रकारका बैंकिङ्ग सेवाहरू प्राप्त गर्न सक्नेछन् ।’

उनले थपे, ‘नयाँ एपको अनुप्रयोगमा धेरै नयाँ सुविधाहरू छन्, जुन धेरै यन्त्र तथा माध्यमबाट प्रयोग गर्न सकिन्छ । जसले हाम्राग्राहकलाई उपलब्ध उत्कृष्ट डिजिटल बैकिङ्ग अनुभव प्राप्त गर्न सजिलो बनाउँछ ।

सांग्रिला विकास बैंक लिमिटेड केहि नविन र उत्प्ररित उद्यमी सोच भएका व्यक्तिहरुको सपनाको परियोजना हो । यो नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त ख वर्गको बैंकका रुपमा सञ्चालनमा छ । यो बैंक विकास बैंकहरूमा अग्रणी स्थानमा रहँदै आएको छ । सांग्रिला स्मार्ट प्ले स्टोर र एप स्टोरबाट सहजै डाउनलोड गर्न सकिन्छ ।

प्रतिक्रिया