आइतबार, चैत ८, २०८२

महालक्ष्मी विकास बैंकका ग्राहकलाई यी संस्थाका सेवामा छुट

मेरोन्यूज २०७९ पुष ४ गते ११:४९

काठमाडौँ । ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै विगत २८ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ दुई संस्थासँग सम्झौता गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

सम्झौतापश्चात बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने छन् । बैंकका ग्राहकहरुले टेस्ला डाइगोनेष्टिकमा अधिकतम १० प्रतिशत र दृष्टि आई केयरमा अधिकतम २० प्रतिशतको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।

सहकार्यबाट बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षतकार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाबाट वित्तीय जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया