मेसीले तत्काल सन्यास नलिने, उनी भन्छन् -‘अझ केही खेलको अनुभव बटुल्न चाहन्छु’

काठमाडौं । विश्वकपको उपाधि जितेपछि अर्जेन्टिनाका कप्तान लियोनल मेसीले तत्काल अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास नलिने घोषणा गरेका छन् ।
फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै अर्जेन्टिनालाई ३६ वर्षपछि उपाधि दिलाएका मेसी कतार विश्वकपको उत्कृष्ट खेलाडी चुनिएका थिए । खेल पेनाल्टीमा पुग्नु अघि अर्जेन्टिना र फ्रान्सले ३–३ को बराबरी खेलेका थिए ।
पेरिस सेन्ट जर्मन (पीएसजी)का फरवार्ड मेसीले फाइनल खेल पछि प्रतिकृया दिँदै तत्काल अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास नलिने बताए ।
“म फुटबल मन पराउँछु । जसलाई मैले आफूसँगै लिएर हिँडेको छु । म राष्ट्रिय टिममा रमाइरहेको छु । र, विश्व च्याम्पियनको रुपमा अझ केही खेलको अनुभव बटुल्न चाहन्छु,” मेसीले भने, “पक्कै पनि म आफ्नो करिअरमा विश्वकपको उपाधि जोड्न चाहन्थे । र, अब म योभन्दा धेरै माग्न सक्दिनँ ।”
आगामी जुनमा ३६ वर्ष पुग्ने मेसी आगामी विश्वकपसम्म ३९ वर्षको पुग्नेछन् । विश्वकपबारे भने मेसीले कतार विश्वकप आफ्नो अन्तिम हुनसक्ने प्रतिकृया दिइसकेका छन् ।
















विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
एमआरपी स्टिकर नटाँसिएका सामग्रीको भन्सार जाँचपास बन्द
निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया