जापानमा कोभिड सङ्क्रमण बढ्यो
मेरोन्यूज
२०७९ पुष ६ गते २०:२९

काठमाडौँ । जापानमा कोरोना भाइरसको आठौँ लहर चलिरहेको छ । यो लहरमा दुई लाख छ हजार ९४३ जना सङ्क्रमित भएका छन् ।
स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारका अनुसार आठौँ लहरमा देशभर दुई लाख छ हजार नौ सय ४३ जना सङ्क्रमित थपिएका हुन् ।
गत बुधबारको तुलानामा आज १६ हजार एक सय नयाँ बिरामी थपिएका छन् । गत अगस्ट २५ यता पहिलोपटक देशमा सङ्क्रमितको सङ्ख्या दुई लाख पुगेको छ ।
राजधानी टोकियोमा २१ हजार १८६ नयाँ बिरामी थपिएका छन् । गत साताको तुलनामा आज राजधानीमा दुई हजार तीन सय ७४ जना सङ्क्रमित फेला परेका हुन् । टोकियोमा लगातार बिरामी बढेका छन् ।
ओसाका, कावानागा, साइता, होन्सुलगायत प्रमुख शहरमा पनि कोभिड–१९ का सङ्क्रमित बढेका छन् । पछिल्लो महामारीका कारण आज दुई सय ९६ जनाको मृत्यु भएको छ ।
सम्बन्धित
















दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
वडा सीमा विवाद सुल्झाउने मापदण्डको सुझावमाथि अध्ययन जारी
श्रम क्षेत्रका समस्या समाधानको अगुवाइ मजदुर सङ्गठनले गर्नुपर्छ : माधव नेपाल
बेलायतमा ए स्टार नेपाल बास्केटबल लिगको रौनकः दर्शकको आकर्षण बढ्दो
प्रकृतिको पूजा गर्दै उभौली सुरु
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
प्रतिक्रिया