आज मिथुनलाई नयाँ सुखद खबरले खुसियाली छाउँने, कस्तो छ तपाईको राशिफल ?
काठमाडौं ।आजको पात्रो : १० पुस २०७९, आइतबार । तद्नुसार डिसेम्बर २५, २०२२ । आज क्रिचियन धर्मावलमीले मनाउने क्रिसमस डे हो । पौषकृष्णपक्ष द्वीतीया, कौलव करण, उत्तरषाढा नक्षत्र, व्याघात योग, चन्द्रमा मकर राशिमा रहेको छ । आज बिहान सूर्योदय ६ः५२ मा हुनेछ भने सूर्यास्त ०५ः१५ मा हुनेछ । आजका देवता बायु, ग्रहदेव शुक्र हुन् ।
आइतबार सूर्यनारायणको दर्शन गर्नुहोला । आज सरकारले सार्वजनिक विदा दिएको छ । आजको दिन लामो दुरीको यात्रा गर्दा पूर्व फर्केर शुरुवात गर्नुहोला । व्यवसायिक कार्यका लागि मित्रमण्डलीसँग भेटघाट गर्नु उत्तम रहेको छ । आजको दिन ११ः४३ देखि १२ः२५ सम्मको समय शुभ रहेको छ ।
आजको राशिफल:
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
स्वास्थ्यमा समस्या हुनसक्छ ख्याल राख्नुहोला । मनमा अनेक सोच र चिन्ता हुनसक्छ । मेष राशिका जातकले सकारात्मक सोच राख्नुहोला । आज आकस्मिक संकट आउनसक्ने छ । आर्थिक व्यय हुनेछ । आजको दिन नियमित कार्यबाहेक नयाँ काम नगर्दा वेश हुनेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
आजको दिन अर्थलाभ हुनेछ । व्यापार व्यवसायबाट अचानक आर्थिक लाभ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । स्वास्थ्यमा ख्याल राख्नुहोला । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
धनलाभ र नयाँ सुखद खबरले खुसियाली हुनेछ । आजको दिन नयाँ काम गर्दा सफलता प्राप्त हुनेछ । तपाईलेको सोचअनुसारको काम हुनेछ । बिहान सूर्यनारायणको दर्शन गरेर आज गरेका कार्य सफलता हुनेछ । कसैसँग विवाद नगर्नुहोला ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्रामा बाधा आउनसक्छ । तपाईको सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । त्यसैले आजको दिन सोच विचार गरेर मात्र निर्णय गर्नु वेश हुनेछ । नियमित काम बाहेक अन्य नयाँ कामको लागि दिन उपयुक्त छैन ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
सिंह राशिका जातकले आइतबार सूर्योदयको दर्शन अवस्य गर्नुहोला । तपाईलाई अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । त्यसैले आजको दिन मौन रहेको आफ्नो कार्य गर्नुहोला ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
आजको दिन छोटो दुरीको यात्रा हुनसक्छ । नयाँ भेटले काममा उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । कुनै कन्यालाई फल र दक्षिण दिनुभयो भने तपाईलाई उनको आशीर्वादले तपाईका लागि सकारात्मक सोच बढ्ने छ ।
तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
सोच अनुसारको काम नहुँदा चिन्ता हुनसक्छ । मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार व्यवसायमा हुनुहुन्छ भने आजको दिन तपाईलाई हानीहुनसक्छ । यस्तो अवस्थामा धैर्यको आवश्यकता हुन्छ । आत्तिनु र दुःखी हुन भन्दा पनि सकारात्मक सोच राखेर अघि बढ्नु होला ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
आजको दिन सूर्योदयको दर्शन गरेर अघि बढ्नु होला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट एक महिनाभित्र सफलता प्राप्त हुनेछ । कसैलाई पनि तपाईबाट हानी हुने काम र मनमा दोष लाग्ने काम नगर्नुहोला ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
सन्तानबाट सुख र स्त्रीको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । तपाईको सोचअनुसार काम हुनेछ । आजको दिन विहान सूर्योदयको दर्शन गरेर मात्र काम गर्नुहोला । सूर्यनारायणलाई जल अर्पण गर्नुहोला ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
ब्यापार व्यवसायबाट लाभ हुनेछ । परिवार र आफन्तजनको साथ सहयोगबाट नयाँ काम शुरुवात गरौं भन्ने सल्लाह आउनसक्छ । सकारात्मक सोच र मनमा उर्जा थपिने छ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । आफ्नो कर्मयात्रामा हिडिरहेकाहरुलाई नसोचेको सम्मान मिल्नसक्छ । चन्द्रमाको साथ रहेको छ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । तपाईलाई हौसला दिनेछन् । सामाजिक काममा मन जानेछ ।
मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
बिहानै सूर्योदयको दर्शन गरेर आज दिनको शुरुवात गर्नुहोला । काममा सकारात्मक सोच आउने छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने मीन राशिका जातकले आजको दिन विहान अध्ययन अध्यापनको काममा लाग्नु भयो भने तपाईको उन्नती, प्रगति हुँदै जानेछ । आजको दिन साताभित्रको योजना बनाएर काम गर्नुहोला ।

















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया