इन्धन अभावले यमनको ठूलो अस्पताल बन्द
काठमाडौँ । यमनको दक्षिण पश्चिमी प्रान्त ताइजमा रहेको सबैभन्दा ठूलो अस्पतालमा इन्धनको चरम अभावले आइतबारदेखि बन्द भएको छ ।
अस्पतालका एक चिकित्सकले इन्धनको चरम अभावका कारण सेवा नै बन्द गर्नु परेको सिन्ह्वालाई बताएका छन् । उनले नाम गोप्य राख्ने शर्तमा भने, “मृगौला रोगीहरूको उपचारमा विशेषज्ञता प्राप्त केन्द्र पनि समावेश रहेको अल–थावरा जनरल अस्पतालका सबै शाखाहरू ईन्धनको गम्भीर सङ्कटपछि बन्द गरिएको छ ।”
“ताइजमा रहेको सबैभन्दा ठूलो अस्पतालले घना बस्ती भएको ताइज सहरमा हजारौं बिरामीका लागि सेवा प्रदान गर्दछ,” उनले भने । अस्पताल बन्दले बिरामीको ज्यान जोखिममा पारेको उहाँले बताए ।
अस्पतालका अधिकारीका अनुसार अस्पतालले अन्तर्राष्ट्रिय संस्था र संयुक्त राष्ट्रसङ्घका निकायलाई संकटबाट पार पाउन र स्वास्थ्य विपत्तिबाट बचाउन इन्धन उपलब्ध गराउन तत्काल अपिल गरेको छ ।
सन् २०१४ को अन्त्यतिर इरान समर्थित हुथी लडाकूसमूहले उत्तरी सहरहरूमा आक्रमण गरी साउदी समर्थित यमनी सरकारलाई राजधानी सानाबाट बाहिर निकालेपछि यमन गृहयुद्धमा फसेको छ ।
यस युद्धले दशौं हजार मानिसको ज्यान लिइसकेको छभने ४० लाख मानिस विस्थापित भएका छन् । युद्धले देशलाई भोकमरीको सङ्घारमा पुर्याएको छ ।
















बाँकेमा जेन्जी आन्दोलनका सहिदको सम्मानमा सालिक अनावरण
दोहामा बृद्धजयन्ती मनाइयो
सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया