बुटवलका डीएसपी केसीलाई निलम्बन गर्न गृहलाई सिफारिस
मेरोन्यूज
२०७९ पुष १२ गते १३:०६

काठमाडौं । प्रहरी प्रधान कार्यालय काठमाडौंले इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरेको छ । प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईका अनुसार केसीलाई निलम्बनका लागि गृह मन्त्रालयमा सिफारिस गरिएको छ। उनले भने ‘उनलाई निलम्बन गर्ने प्रक्रियामा छ। त्यसपछि उनीमाथि थप अनुसन्धान अघि बढ्छ । ’
प्रारम्भिक अनुसन्धानमा उनको गतिविधि शंकास्पद देखिएकै कारणले नियन्त्रणमा लिएको डिआइजी राईले बताए।
गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिई डीएसपीले आफै राखेको सूचना पाएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट अनुसन्धानका लागि टोली खटाइएको थियो । सो टोलीले आइतबार केसीको साथबाट ३५ तोला सुन, २५ लाख रुपैयाँको चेक बरामद गरेको थियो ।
सम्बन्धित
















निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका तीन उम्मेदवार र तीन सरकारी निकायलाई मागियो स्पष्टीकरण
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, कस्ताे रहला आज देशभरकाे माैसम ?
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
प्रतिक्रिया