नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल

चीन भ्रमणमा रहेका नेपाल राष्ट्र बैङ्कका गभर्नर प्राडा विश्वनाथ पौडेल र पिपुल्स बैङ्क अफ चाइना (पिबिओसी) का गभर्नर फान कोङसङबीच भेटवार्ता भएको छ।
चीनको थियानचिनमा ‘बैङ्क फर इन्टरनेसनल सेटलमेन्ट्स’ द्वारा आयोजित बिसौँ एसिया प्यासिफिक हाई लेभल मिटिङ अन ब्याङ्किङ सुपरभिजन’ कार्यक्रममा बुधबार उनीहरुबीच भेटवार्ता भएको हो। भेटमा उनीहरूबीच दुई केन्द्रीय बैङ्कबीच सहयोग र सहकार्यका विविध विषयमा कुराकानी भएको गभर्नर पौडेलको सचिवालयले जनाएको छ।
भेटका अवसरमा उनीहरूबीच नेपाल र चीनबीच सीमापार भुक्तानी, लगानी तथा सहयोग आदान–प्रदानका क्षेत्रका अवसर र चुनौती, वित्तीय क्षेत्रका उदीयमान अभ्यास, नवप्रवर्तन र प्रविधिको विकासबाट हुने लाभ र समसामयिक विषयमा दुईपक्षीय सहयोग आदान–प्रदानका विषयमा छलफल भएको छ। यसका अतिरिक्त दुवै मुलुकका नागरिकको भ्रमणका क्रममा क्युआर कोडमार्पmत हुने भुक्तानीको सहजीकरण तथा लागत न्यूनीकरण गर्ने विषयमा समेत उहाँहरुबीच छलफल भएको सचिवालयले जनाएको छ।
त्यस अवसरमा पिबिओसीका गभर्नर फानले विद्युतीय भुक्तानी कारोबारको आधुनिकीकरण, सहयोग आदान–प्रदान र सहकार्यका लागि चिनियाँ केन्द्रीय बैङ्क तयार रहेको बताए।
गभर्नर पौडेलले दुई केन्द्रीय बैङ्कबीच सहकार्य, समन्वय र सञ्चारको निरन्तरता आवश्यक रहेको र यसका लागि आवश्यक भूमिका निर्वाह गर्न नेपाल राष्ट्र बैङ्क तत्पर रहेको विचार व्यक्त गरे।
भेटमा पिपुल्स बैङ्क अफ चाइना (पिबिओसी) का अन्तरराष्ट्रिय विभागकी महानिर्देशक चउ यु तथा राष्ट्र बैङ्कका तर्पmबाट बैङ्क सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुर रावल र गभर्नरको कार्यालयका सहायक निर्देशक रोशन न्यौपानेलगायत सहभागी थिए।

















सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
आज विभिन्न जिल्लामा असिना पानी, सबैभन्दा बढी वर्षा सङ्खुवासभामा
विगतमा एमाले हार्दा दाङ विकासको प्रतिस्पर्धामा पछाडि पर्याे – शङ्कर पोखरेल
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिन सिफारिस
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
लिचीबारी घुस प्रकरणमा रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश
सशस्त्र प्रहरीका २३ बरिष्ठ उपरीक्षकहरु निर्वाचन अनुगमनमा
प्रतिक्रिया