आइतबार, चैत ८, २०८२

नेपालमा ‘मेटा’को आधिकारिक बिक्रेताको रूपमा एल्फ नियुक्त

मेरोन्यूज २०७९ पुष १२ गते १८:२५

काठमाडौँ । मेटाले एचटीटीपूल बाइ एल्फलाई नेपालमा आधिकारिक बिक्रेताको रूपमा नियुक्त गरेको छ । यस नियुक्ति सँगै एचटीटीपूल बाइ एल्फद्वारा स्थानीय विज्ञापनकर्ता तथा एजेन्सीलाई आफ्नो व्यापार विस्तार, आन्तरिक सहायता, रणनीतिक निर्देशनका साथै मेटाका अन्य प्रोडक्टहरूमा विशेषज्ञता प्रदान गर्न योग्य हुनेछ ।

Advertisement
nepal life insurencenepal life insurence

विश्वभर मेटाको सेल्स टिमको रूपमा मेटाका आधिकारिक बिक्रेताहरूले प्रतिनिधित्व गर्छन् । मेटाको आधिकारिक बिक्रेता बन्नको लागि गरिएको चयन र स्वीकृति प्रक्रियाले नेपालमा विज्ञापनकर्ता तथा एजेन्सीहरूको लागि विश्वस्तरको सहायता सुनिश्चित गर्दछ ।

एल्फ एचटीटीपूल बाइ एल्फको होल्डिङ कम्पनी सन् २०१८ देखि आधिकारिक बिक्रेताको रूपमा आवद्ध भई मेटाको विकास मात्र नभई स्थानीय विज्ञापन जगतमा एजेन्सी तथा विज्ञापनकर्ताहरू र साना-मध्यम व्यवसायहरुलाई डिजिटल मार्केटिङमा मद्दत पुर्याउँदै आइरहेको छ । एल्फले डिजिटल मार्केटिङमा उत्कृष्टता कायम राखेको छ भने अफ्रिका, मध्य पूर्वी यूरोप र एशिया-प्रशान्त क्षेत्र सहित विश्वका धेरै क्षेत्रहरूमा स्थानीय टोलीहरूसँग सक्रिय रूपमा काम गरिरहेको छ।

‘नेपालका लागि आधिकारिक बिक्रेताको रूपमा एचटीटीपूल बाइ एल्फले विज्ञापनकर्ताहरूको लागि आन्तरिक सहायता तथा निर्देशनमा सहयोग पुर्याएको छ,’ सन्नी नागपाल, एचटीटीपूल बाइ एल्फका प्रबन्ध निर्देशक टिप्पणी व्यक्त गर्दछन्, ‘हामी विभिन्न क्षेत्रमा कार्यशालाहरू र तालिमहरू प्रदान गर्दै विज्ञापनकर्ताहरूलाई नयाँ सीपहरू सिक्न र मेटाको प्लेटफर्महरूबाट अधिकतम लाभ लिन सक्षम बनाउन पाउँदा गर्व गर्छौं ।’

मेटा प्लेटफर्म सम्बन्धि व्यापक जानकारी र अनुभव बोकेको एचटीटीपूल बाइ एल्फ मेटाको तर्फबाट प्रत्यक्ष प्रतिनिधि बनेर मेटाका सम्पूर्ण प्रोडक्ट तथा सेवाहरु विज्ञापनकर्ताहरुका लागि उत्कृष्ट रूपमा प्रदान गर्न सक्षम छ । यसबाहेक, काठमाडौँमा स्थानीय उपस्थितिको साथ यस कम्पनीले स्थानीय र राष्ट्रिय भाषाहरूमा समेत रणनीतिक निर्देशन र अनुकूलन पक्षहरूमा सहायता र सुझाव प्रदान गर्दछ । त्यसका साथै, देशको आधिकारिक मुद्रा, नेपाली रुपैयाँमा बिलिङका लागि पनि यस कम्पनीको स्थानीय उपस्थितिले सहजता प्रदान गर्दछ ।

‘एचटीटीपूल बाइ एल्फलाई मेटाको आधिकारिक बिक्रेताको रूपमा नेपालमा ल्याउन पाउँदा हामी अत्यन्त हर्षित छौँ । कम्पनीको मेटा प्लेटफर्म सम्बन्धि उत्कृष्ट अनुभव र विशेषज्ञताका साथ हामी स्थानीय व्यवसाय र एजेन्सीहरूको विकास तथा वृद्धिमा सहयोग प्रदान गर्नेछौँ,’ मेटाका ए पि ए सी को लागि इमर्जिङ मार्केट्सका निर्देश, जोर्डी फोर्निजले भने ।

प्रतिक्रिया