शनिबार, चैत ७, २०८२

सेयर बजार भारी अंकले वृद्धि, आज कति पुग्यो ?

मेरोन्यूज २०७९ पुष १४ गते १५:३६

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार उकालो लागेको छ । नेप्से परिसूचकमा ५६.८८ अंकले बढेर २०२९.०३ विन्दुमा पुगेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

बिहीबार २५७ कम्पनीको एक करोड ८० लाख २४ हजार ५५९ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ८६ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । हिमालय डिस्टिलरी कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ ।

यो कम्पनीको १२ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । नेपाल दूरसञ्चार कम्पनीको १० करोडभन्दा बढीको सेयर बिक्री भएको छ । 

हिमालय उर्जा विकास, सानिमा जीवन बिमा र सृजनशील लघुवित्तको १० प्रतिशतले मूल्य वृद्धि भएको छ । यता, धौलागिरि लघुवित्तको ९.९९ प्रतिशतले मूल्यवृद्धि भएको हो । २०८ कम्पनीमा उकालो लागेको छ भने जम्मा ६ कम्पनीमा ओरालो लागेको छ । 

आज सबै उपसूचकमा हरियाली छाएको छ । सबैभन्दा धेरै फाइनान्स कम्पनी ५.३८ प्रतिशतले वृद्धि भएको छ । हाइड्रोपावर ४.९२ र निर्जीवन बिमा ४.३९ प्रतिशतले वृद्धि भएको छ । 

सबैभन्दा कम म्युचुअल फन्ड १.४१ र बैंकिङमा १.८२ प्रतिशतले वृद्धि भएको छ ।
 

प्रतिक्रिया