वर्षान्त २०२२: अघिल्ला वर्ष इतिहासमा आज

आज शनिबार, डिसेम्बर ३१, सन् २०२२ को ३६५ औँ अर्थात् अन्तिम दिन । तीन वर्षअघि आजकै दिन मध्य चीनको वुहान शहरको स्वास्थ्य आयोगका विशेषज्ञले श्वासप्रश्वाससम्बन्धीरोगको प्रकोपको अनुसन्धान थालेका थिए । प्रारम्भमा समुद्री खानाका कारण निमोनियाझै लाग्ने रोगबाट ग्रसित २७ जनामध्ये सात जना गम्भीर बिरामी भएका स्वास्थ्य समस्या अन्ततः कोभिड–१९ पुष्टि भएको थियो । कोभिड–१९ बाट बितेको यो अवधिमा ६६ लाख ९० हजार जनाको ज्यान गयो भने छ करोड ६० त्यसबाट सङ्क्रमित भए ।
सन् १८७९ आजकै दिन महान् वैज्ञनिक टमस एल्भा एडिसनले अमेरिकाको मोनालो पार्क, न्युजर्सीमा रहेको आफ्नो प्रयोगशालामा ४० वटा बल्ब बालेर बिजुली÷बल्बको आविष्कार गरेका थिए । सन् १९०४ लाई बिदा र १९०५ को स्वागत गर्न पहिलोपटक टाइम्ज स्क्वाएरमा पहिलोपट आयोजित नववर्षोत्सवमा दुई लाख मानिस भेला भएका थिए ।
आजकै दिन सन् १९५१ मा १२ अर्बभन्दा बढी अमेरिकी डलर विदेशी सहायता वितरणपछि मार्शल योजना बन्दभयो भने सन् १९७२ मा निकारागुवाका भूकम्प पीडितका लागि राहत सामग्री बोकेर अमेरिकाको पोर्टो रिकोबाट उडेको केही क्षणमा नै दुर्घटना भएको थियो । आजकै दिन सन् १९७४ मा ४०वर्षमाथिका अमेरिकी नागरिकलाई सुन किन्न र त्यसको स्वामित्वको अधिकार वैधानिकरुपमा प्रदान गरियो ।
नयाँ वर्षको उपलक्ष्यमा आयोजना हुने कार्यक्रममा भाग लिन हिँडेका ४५ वर्षीय चर्चित गायक रिक नेल्सनसहित छ जनाको सन् १९८५ मा आगलागीमा परी मत्यु भयोभने अर्को वर्ष प्युर्टो रिकोको सान जुआनसूगत डुपोन्ट प्लाजा होटलमा आगो लाग्दा एक सय जनाको इहलीला समाप्त भयो । त्यसको अर्को वर्ष आजकै दिन जिम्बाब्बेका पहिलो कार्यकारी राष्ट्रपतिका रूपमा रोबर्ट मुगाबेले शपथ लिएका थिए । अघिल्लो शताब्दीको अन्तिम दिन रुसी राष्ट्रपति बोरिस येल्तसिनले राजीनामको घोषणा गरेर भ्लादिमिर पुटिनलाई बाटो खोलिदिएका थिए ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया