अयोग्य नोटबाट बनेको ब्रिकेट स्रेडेड बिक्री गर्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले पुराना, झुत्रा र अयोग्य नोटबाट बनाएको ब्रिकेट–स्रेडेड बिक्रीका लागि शिलबन्दी दरभाउ प्रस्तावको आह्वान गरेको छ ।
चलनचल्तीका लागि अयोग्य नोटबाट बनाइएका यस्ता ब्रिकेट खरिद गर्न इच्छुकबाट शिलबन्दी निवेदनको आह्वान बैंकले गरेको हो ।
बैंकले मुद्रा व्यवस्थापन विभागका तथा उत्पादन बाहिरका विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीका प्रादेशिक कार्यालयमा चलनचल्तीमा अयोग्य नोटहरू धुल्याउने क्रममा प्राप्त हुने ब्रिकेट स्रेडेड टुक्राहरू बिक्री गर्ने जानाएको हो ।
कूल दुई लाख ७५ हजार केजी ब्रिकेट स्रेडेड टुक्रा बिक्रीका लागि प्रस्ताव आह्वान गरेको राष्ट्र बैंकले जनाएको छ । साथै, खरिदकर्ताबाट प्रस्तावी दरभाउ प्राप्त गरी प्रतिस्पर्धाको आधारमा बिक्री गर्ने निर्णय भएको छ ।
इच्छुक व्यक्ति तथा संस्थाले ४५ दिन दरभाउ प्रस्तावको ढाँचा प्राप्त गरी सो ढाँचामा ४६ औँ दिनको दिउँसो १२ बजेभित्र शिलबन्दी दरभाउ प्रस्ताव पेश गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । ब्रिकेटको मूल्य प्रतिस्पर्धीबाट तय हुने बैंकले जनाएको छ ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया