विमानस्थलमा विद्युत् आपूर्ति बन्द हुँदा हजारौँ यात्रु अलपत्र

काठमाडौँ । फिलिपिन्सको सबैभन्दा व्यस्त शहर मनिलामा आइतबार विद्युत् आपूर्ति बन्द भएको छ । जसका कारण सञ्चार तथा राडार उपकरणमा समेत विद्युत् आपूर्ति भई सयौँ उडान रद्द हुन पुगेको छ ।
मनिलाको आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक व्यवस्थापन केन्द्रमा आइतबार बिहान ‘प्राविधिक समस्या’ देखिएको छ । मनिलाबाट बाहिरिने र भित्रिने ३६० भन्दा बढी उडान रद्ध, अवरूद्ध र अन्यत्र पठाउनु परेको हुँदा करिब ५६ हजार यात्रु प्रभावित भएका छन् ।
क्रिसमस र नयाँ वर्षको बिदापछि धेरै मानिस काम र विद्यालय र विश्वविद्यालयका लागि राजधानी फर्कन थालको र विद्युत अवरूद्धताका कारण प्रभावित हुनु परेको छ ।
देशभरका आगमन तथा निगमन काउन्टरमा यात्रुहरूले विमानको पर्खाइपछि आक्रोशित बनेका थिए । हजारौं मानिसहरूले टिकट पुनः बुक गर्न वा उनीहरूको उडान कहिले सुरु हुन सक्छ भनेर थाहा पाउनसमेत उनीहरूलाई अन्यौल भएको थियो ।
विमान अवरूद्ध भएको घोषणा हुनुभन्दा अघि विमानमा चढेका अन्य व्यक्तिहरू जहाजहरूमा नै घन्टौं सम्म कुरेर बसेका थिए र त्यसपछि विमानबाट ओर्लिएका थिए । विमानस्थलका अधिकारीहरूले सुरुमा समस्याको कारण भने खुलाएका छैनन् ।
तर यातायात विभागका सचिव जैमे बौतिस्ताले आन्तरिक र बाह्य उडानलाई नियन्त्रण गर्ने एयर ट्राफिक व्यवस्थापन केन्द्रमा विद्युत् कटौतीका कारण ‘यन्त्रहरू’मा समस्या भएको र यसले सञ्चार, रेडियो, राडार र इन्टरनेट सेवा अवरुद्ध भएको बताए । उनले अपरान्ह चार बजेपछि विमान अवतरण र उडान पुनः शुरू भएका बताए ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया