पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ

बारा । बाराको सीमावर्ती नाका गुलरियाबाट सीमा सुरक्षा सशस्त्र प्रहरीले एक भारतीय नागरिकलाई एक थान पेस्तोल, म्यगागजिन र सात राउन्ड गोलीसहित आइतबार राति पक्राउ गरेको छ ।
पूर्वी चम्पारण मोतिहारी नगरपालिका वडा नं १६ का ४० वर्षीय चन्दन कुमारलाई आइतबार साँझ पक्राउ गरिएको सशस्त्र प्रहरी १२ नम्बर गण कलैयाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अमरबहादुर खत्रीले बताए । उनको साथबाट पत्नी, उनी आफैं र दाइको नाममा रहेको भारतीय आधार कार्डसहित ११ हजार २ सय ७० भारूसमेत बरामद गरिएको प्रहरी नायब उपरीक्षक खत्रीले जानकारी दिए ।
उनका अनुसार अंग्रेजी नयाँ वर्षको चहलपहललाई लक्षित गर्दै आपराधिक गतिविधि गर्न नेपाल प्रवेश गरेको हुनसक्ने अनुमान गरिए पनि त्यसबारे विस्तृत अनुसन्धान गर्न नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय सिम्रौनगढमार्फत जिल्ला प्रहरी कार्यालय कलैयाको जिम्मा लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेश थापाले बरामद हरियार चन्दनकुमारले भारतमा दर्ता गरेर प्रयोगका लागि इजाजत लिएको पाइएको बताए । उनले हतियारसहित पक्राउ परेका उनीमाथि हातहतियारसम्बन्धी मुद्दामा जिल्ला अदालत बाराबाट म्याद लिएर थप अनुसन्धान भइरहेको जानकारी दिए । ‘भारतका लागि इजाजत लिएको हतियार बोकेर नेपाल प्रवेश गर्न पाइँदैन,’ उनले भने, ‘नेपालको कानुन अनुसार उनीमाथि हातहतियार तथा खरखजाना सम्बन्धि कसुरमा कारबाही हुने छ ।’
पछिल्लो समय भारतबाट हरियारसहित नेपाल प्रवेश गरी जिल्लामा अपराधिक गतिविधि संचालन गर्ने क्रम बढेको छ । दुई साताअघि हतियारसहित आएको समूहले जिल्लाको महागढीमाई नगरपालिकामा भारतीय नागरिक शिवपुजन यादवको गोली हानी हत्या गरेको थियो ।
















No immediate Nipah virus threat in Sri Lanka: health official
हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध
Light snowfall and rain likely in Koshi, Bagmati and Gandaki today
Fire breaks out at Woodland Hotel
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
प्रतिक्रिया