६ हजार किमि बढीको क्रस-कन्ट्री इलेक्ट्रिक यात्राले एथर ४५० ले तोड्यो ‘रेन्ज एङ्जायटी’

काठमाडौं। इलेक्ट्रिक स्कुटर सहरभित्र छोटो दूरीका लागि मात्र उपयुक्त हुन्छ भन्ने धारणा तोडेको छ । भारतको गोवाबाट आएका दुई उत्साही राइडरहरूले एथर ४५० इलेक्ट्रिक स्कुटरमार्फत नेपालसम्मको महत्त्वाकांक्षी क्रस–कन्ट्री यात्रा सफलतापूर्वक सम्पन्न गरेका छन् ।
आगमन र प्रस्थानसमेत समेटिएको यो यात्रा ६ हजार किलोमिटरभन्दा बढी दूरीको रहेको छ, जसले इलेक्ट्रिक मोबिलिटीको सम्भावनालाई नयाँ स्तरमा पुर्याएको कम्पनीको दाबी छ ।
यस ऐतिहासिक यात्रालाई एशिया बुक अफ रेकर्डसमा दर्ता गराउने लक्ष्यसहित दुई महत्त्वपूर्ण कीर्तिमान स्थापित गर्ने योजना बनाइएको छ । ती कीर्तिमानमा एक व्यक्तिद्वारा गरिएको सबैभन्दा लामो इलेक्ट्रिक स्कुटर यात्रा तथा पहिलो पटक सम्पन्न भएको अन्तरदेशीय क्रस–कन्ट्री इलेक्ट्रिक स्कुटर यात्रा समावेश छन् । तर, यो यात्रा केवल कीर्तिमानको सूचीमा नाम लेखाउने उद्देश्यमा सीमित रहेन ।
यो यात्रा प्रविधिमाथिको भरोसा, चार्जिङ पूर्वाधारप्रतिको विश्वास र वास्तविक सडक अवस्थाका लागि भारतमै विकास गरिएको उत्पादनप्रतिको आत्मविश्वासको प्रतीक बनेर प्रस्तुत भएको कम्पनीको दाबी छ ।

९ जनवरीमा भारतको गोवाबाट सुरु भएको यो यात्रा गोवा, गोरखपुर हुँदै नेपाल प्रवेश गर्दै बुटवल, चितवन र अन्ततः काठमाडौंसम्म आइपुगेको थियो । यात्राको क्रममा राइडरहरूले फरक–फरक भू–भाग, लामो राजमार्ग, अन्तरदेशीय सीमा, मौसमको विविधता र वास्तविक चार्जिङ अवस्थाको सामना गरे । ती सबै परिस्थितिमा एथर ४५० ले दिएको प्रदर्शनले प्रत्येक किलोमिटरमा एउटै सन्देश दियो । एथर अब दूरी वा विश्वसनीयताले सीमित छैन।



















सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
प्रतिक्रिया