आजदेखि उमा खुला राष्ट्रिय कराँते प्रतियोगिता

काठमाडौं । नेपाल गोजुकाई कराँते डो संघको आयोजनामा उमा खुला राष्ट्रिय कराते च्यामिपयनसिपको दोस्रो संस्करण आव मंगलबारदेखि सुरु हुँदैछ ।
वर्ल्ड युनाइटेड मार्सल आर्टस् (उमा)बाट मान्यता प्राप्त गोजुकाई कराँतेले हरेक वर्ष देशभरका खेलाडीको सहभागितामा राष्ट्रिय प्रतियोगिता गर्ने उद्देश्यअनुसार आज र भोलि दोस्रो संस्करण आयोजना गर्न लागिएको संघका उपाध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक अच्युतराज उप्रेतीले जानकारी दिए ।
स्मार्ट पार्टी प्यालेस चाबहिलको हलमा सञ्चालन हुने प्रतियोगितामा देशभरका जिल्ला र डोजाङबाट २५० भन्दा बढी खेलाडीको सहभागिता रहने संघले जनाएको छ ।
प्रतियोगितामा महिला र पुरुषतर्फ ८-८ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा २९ केजीमूनि, ३४ केजीमूनि, ३९ केजीमूनि, ४४ केजीमूनि, ४९ केजीमूनि, ५४ केजीमूनि, ५९ केजीमूनि तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । ६० केजीमाथि तौलसमूहमा भने खुला प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक उप्रेतीले बताए ।
















प्रदेश स्तरीय बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगिता सुरु
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कती ?
बुद्धको जन्मजयन्तीको शुभकामना दिंदै प्रधानमन्त्री बालेन- ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ’
काठमाडौंको बल्खु क्षेत्रमा पनि चल्यो डोजर (तस्बिरहरू)
टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
प्रतिक्रिया