बुर्किना फासोमा हिंसाः २८ जनाको शव भेटियो

बुर्किना फासो । बुर्किना फासोको उत्तर–पश्चिमी सहर नोउनामा गोली हानी मारिएका २८ जनाको शव फेला परेको सरकारले जनाएको छ । एक नागरिक समाज समूहले फेला परेका शव जिहादीविरुद्ध लडिरहेको सरकार समर्थित स्वयंसेवी बलका सदस्य भएको दाबी गर्दै सशस्त्र नागरिकहरूलाई हत्याको दोष लगाए ।
दाबीबारे सरकारले कुनै टिप्पणी गरेको छैन तर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ। बुर्किना फासो एक दशक लामो विद्रोहको चपेटामा परेको छ, जसका कारण झण्डै २० लाख मानिसहरूलाई विस्थापित गरेको छ ।
सेनाले गत जनवरीमा बुर्किना फासोमा आक्रमणको अन्त्य गर्ने वाचा गर्दै सत्ता कब्जा गरेको थियो, तर हिंसा अझै चर्किरहेको छ । सरकारले ३० र ३१ डिसेम्बरमा शवहरू फेला पारेको बताएको छ । उसले ‘अस्वीकार्य हिंसा’ को निन्दा गरेको छ र शान्त हुन आह्वान गरेको छ ।
‘अनुसन्धानको नतिजा आउन बाँकी छ । सरकारले आतंकवाद विरुद्धको लडाईमा एकताबद्ध कार्यका लागि सम्पूर्ण जनतालाई परिचालन गर्न थालेको समयमा यो घटना भएको हो’, सरकारद्वारा जारी विज्ञप्तिमा थपिएको छ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया