आइतबार, चैत ८, २०८२

अष्ट्रेलियन डलरकाे भाउ बढ्यो, अमेरिकी डलरकाे मूल्य घट्याे

मेरोन्यूज २०७९ पुष २१ गते ११:३३

काठमाडौं । नेपाल राष्ट्र बैँकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलरमा १३ पैसाले ओरालो लागेको छ । यसको खरिददर १३२ रुपैयाँ १९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७९ पैसा तोकिएको छ । बुधबार यसको खरिददर १३२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९२ पैसामा कारोबार भएको थियो । 

Advertisement
nepal life insurencenepal life insurence

 युरोपियन युरोमा ६४ पैसाले वृद्धि भएको छ । युरोपियन युरो एकको खरिद १४० रुपैयाँ २७ पैसा र बिक्रीमा १४० रुपैयाँ ९० पैसा तोकिएको छ । अघिल्लो दिन यसको खरिददर १३९ रुपैयाँ ६३ पैसा र बिक्रीमा १४० रुपैयाँ २६ पैसामा भएको थियो । 

अष्ट्रेलियन डलरको खरिदमूल्य ९० रुपैयाँ ८३ पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ २४ पैसामा कारोबार भैरहेको छ । बुधबारको तुलनामा बिहीबार अष्ट्रेलियन डलरमा १ रुपैयाँ ९४ पैसाले उकालो लागेको हो । 

साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३२ पैसा तोकिएको छ । कतारी रियालको खरिदमा ३६ रुपैयाँ १९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३५ पैसा र  मलेसियन रिंग्गेट एकको खरिदमूल्य ३० रुपैयाँ ४ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ १८ पैसा रहेको छ । 

यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ४० पैसा र बिक्रीमा १० रुपैयाँ ४४ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ९१ पैसा र बिक्रीमा १६ रुपैयाँ ९९ पैसा, कुवेती दिनार एकको खरिददर ४३१ रुपैयाँ ५८ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ५४ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ ६१ पैसा र बिक्रीमा ३५२ रुपैयाँ २० पैसा नेपाल राष्ट्र बैंकले जनाएकाे छ ।
 

प्रतिक्रिया