सैनिक कारबाहीमा सात विद्रोही मारिए
मेरोन्यूज
२०७९ पुष २१ गते १९:१५
काठमाडौँ । अफगान सेनाले बुधबार यहाँ गरेको सुरक्षा कारबाहीमा सात जना इस्लामिक स्टेट (आईएस) लडाकु मारिएका छन् ।
बिहीबार पनि जारी रहेको सैन्य कारबाहीमा पश्चिमी निमरोज प्रान्तबाट सोही समूहका दुई सशस्त्र विद्रोहीलाई नियन्त्रणमा लिइएको छ ।
अफगान सुरक्षा बलले बुधबार देशको राजधानी काबुलमा आईएस संगठनसँग सम्बद्ध लडाकु लुकेको ठाउँमा आक्रमण गर्दा सात जना मारिएका तथा अन्य धेरैलाई गिरफ्तार गरिएको एक जना सरकारी अधिकारीले बताए ।
बुधबार साँझ काबुलको कालाचा र शुहदाई सालेहेन इलाकामा आईएसविरुद्ध भएको कारबाहीमा सात जना विद्रोही मारिएका र अन्य सात जनालाई पक्राउ गरिएको तालिबान प्रशासन प्रमुखले बताए ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया