रवि लामिछानेको सांसद पद स्वतः खारेज हुनु पर्ने

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादका विषयमा शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा बहस भएको हो ।
प्रारम्भमा रिट निवेदकको तर्फबाट बहस भएको छ । बहसका क्रममा रिट निवेदकका कानुन व्यवसायीहरूले रवि लामिछानेको सांसद पद खारेज भागी रहेको जिकिर गरेका छन् ।
बहस गरेका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ताहरू अमृत खरेल, रमण कर्णसहितका कानुन व्यवसायीले लामिछानेको नेपाली नागरिकता नभएकाले उनको सांसद पद स्वतः खारेज हुने जिकिर गरेका हुन् ।
अमेरिकाको नागरिकता त्यागेपछि नेपाली नागरिकता नलिएको र स्वतः खारेज भएको नेपाली नागरिकता बुझाएर प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिएकाले लामिछानेको सांसद खारेज हुनु पर्ने उनीहरूले माग गरेका छन् ।
नेपाली नागरिकले मात्र निर्वाचनमा भाग लिन पाउने रिट निवेदकतर्फका कानुन व्यवसायीले लामिछानेको उम्मेदवारी अवैध घोषित गरेर सांसद पद स्वतः खारेज हुनु पर्ने तर्क गरेका हुन् ।














मधेस प्रदेशमा माघ १८ गते सार्वजनिक बिदा
स्वास्थ्य बीमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री शर्मा
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
प्रतिक्रिया