सरकारको साझा कार्यक्रम : एक वर्षभित्र राष्ट्रिय परिचयपत्र, एक महिनाभित्र नागरिकता

काठमाडौं । सरकारले एक वर्षभित्र सवै उमेर पुगेका नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराईसक्ने प्रतिबद्धता जनाउने भएको छ । त्यस्तै सरकारले पूर्णता पाएको एक महिनाभित्र सवै नेपाली नागरिकका सन्तानले नागरिकता नपाउने अवस्थाको अन्त्य गर्ने घोषणा गर्ने भएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारको न्यूनतम साझा कार्यक्रममा यो घोषणासहितको प्रतिबद्धता आउने भएको छ । सरकारको साझा न्यूनतम कार्यक्रमको मस्यौदा बनाउन गठित कार्यादलले यो विषय उल्लेख गरेर मस्यौदालाई अन्तिम रुप दिएको छ । मस्यौदा शीर्ष नेताहरुले भोलि शनिबार अध्ययन गरेपछि प्रधानमन्त्रीले विश्वासको मत लिनु अगावै सार्वजनिक गर्ने तयारी छ ।
मस्यौदामा कुनै पनि नेपाली नागरिक नागरिकता प्रमाणपत्र पाउनबाट र नागरिकका अधिकार उपभोग गर्नबाट वञ्चित हुनु नपरोस् भन्ने सुनिश्चित गर्ने प्रतिबद्धता जनाईएको छ । । त्यसका लागि सरकारले पूर्णता पाएको एक महिनाभित्र नेपाली नागरिकका सन्तानले नागरिकता नपाउने अवस्थाको अन्त्य गर्ने, संसदको पहिलो अधिवेशनबाट नागरिकतासम्बन्धी अन्य समस्या समाधान गर्ने र सबै नेपालीलाई एक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने कार्यक्रम उल्लेख गरिएको छ ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया