मेरो कार्यकाल मात्र होइन जीवनभर सलामको इज्जत राख्ने छु : गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शनिबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण गरेका छन् । यस अवसरमा उनले सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।
निरीक्षणमा गृहमन्त्री लामिछानेले संगठनमा रहँदा नजिक र पराई तथा भित्र र बाहिर भन्ने प्रवृत्तीलाई हटाएर म्याण्डेटअनुसार काम गर्नु पर्ने बताए । यस्तै, उनले विगतका कमजोरीहरूलाई सुधार्दै लैजाने र प्रशासनिक एवं व्यवस्थापकीय पक्षमा शुन्य कमजोरीका साथ कार्य सम्पादन गर्न निर्देशन दिए ।
सीमा क्षेत्रमा तैनाथ अधिकृत तथा जवानहरूको बसाइँका लागि भौतिक पूर्वाधार कमजोर हालतमा रहेको बताउँदै गृहमन्त्री लामिछानेले आवश्यक पूर्वाधारसँगै थप व्यावसायिक बनाउन आफूले भ्याएसम्म लाग्ने प्रतिबद्धता व्यक्त गरे । ‘नागरिकको जनधनको सुरक्षा गर्ने नेपाल आमाका वीर सपुत तपाईंहरूलाई सलाम छ, मेरो कार्यकालभरि मात्र होइन जीवनभरि तपाईंले गरेको सलामको इज्जत राख्ने छु,’ उनले भने ।
जागिर गर्नु भनेको मातृभूमिको सेवा गर्ने अवसर रहेको बताउँदै उनले भने, ‘अधिकतम गर्मी वा चिसो ठाउँमा खटिएर अनवरत गर्ने खबरदारी र ड्यूटी वास्तवमा देशप्रतिको सेवा र राष्ट्रभक्ति हो ।’

गृहमन्त्री लामिछानेले सरकार बलियो हुनु भनेको जनताले विश्वास, भरोसा राख्नु बताउँदै सुरक्षा फौजसँग साधारण नेपालीले आँखा जुधाएर कुरा गर्न सकोस् तर कानुनविपरीत काम गर्ने सधैँ डराओस् र कहिल्यै शीर नउठाओस् भन्ने सबैको चाहना रहेको बताए ।
निरीक्षणका क्रममा गृहमन्त्री लामिछानेले केन्द्रीय आदेशकक्ष, अनुगम सेल, केन्द्रीय संग्राहलय, विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालले प्रयोगमा ल्याएको विविध सामाग्रीको अवलोकन गरेका थिए । सोही क्रममा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक विष्णु प्रसाद भट्टले संगठनको विषयवस्तु सम्बन्धि प्रस्तुतीकरण दिएका थिइ ।
कार्यक्रम देशभरका इकाईमा ‘लाइभ भिडियो स्ट्रिमिङ’, इन्ट्रानेट तथा सशस्त्र प्रहरी सञ्चारद्वारा प्रत्यक्ष प्रसारण गरिएको थियो ।
यस्तै, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्पूर्ण राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुूलाई पेशागत प्रशिक्षणद्वारा व्यावसायिक, नैतिक र चरित्रवान बनाउँदै राज्यप्रदत्त जिम्मेवारीमा प्रभावकारी रुपमा निर्वाह गर्ने बताए ।














मधेस प्रदेशमा माघ १८ गते सार्वजनिक बिदा
स्वास्थ्य बीमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री शर्मा
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
प्रतिक्रिया