बलात्कारको आरोपमा फरार प्रतिवादी पक्राउ
मेरोन्यूज
२०७९ पुष २३ गते १८:२०
काठमाडौँ । कैलालीमा फरार एक प्रतिवादीलाई कैलाली प्रहरीले मनहेराबाट पक्राउ गरेको छ । जिल्लाको कैलारी गाउँपालिका १ मछेडाका ४७ वर्षीय कृष्णप्रसाद चौधरी थारुलाई प्रहरीले पक्राउ गरेको हो ।
०७६ फागुन २१ गते जिल्ला अदालत कैलालीबाट बलात्कारको मुद्दामा एक वर्ष कैद र एक हजार जरिवाना सजाय तोकिएका अभियुक्त चौधरी फरार थिए ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी सहायक निरीक्षक मदनराज उपाध्यायको कमाण्डमा खटिएको प्रहरी टोलीले फरार चौधरीलाई धनगढी उपमहानगर ७ मनहेराबाट पक्राउ गरेको हो ।
सम्बन्धित














मधेस प्रदेशमा माघ १८ गते सार्वजनिक बिदा
स्वास्थ्य बीमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री शर्मा
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
प्रतिक्रिया