औषधि खान पानी भनेर स्प्रिट दिएपछि विद्यार्थीको मृत्यु, शिक्षिका लम्साल पक्राउ
काठमाडौँ । सिरहाको मिर्चैया नगरपालिका ६ स्थित सगरमाथा माविमा पानी भनेर शिक्षिकाले छात्रालाई स्प्रिट विद्यार्थीको मृत्यु भएको छ । शिक्षिकाले दिएको स्प्रिट पिउँदा ८ कक्षामा अध्ययनरत १५ वर्षीय सिर्जना कुमारी महराको मृत्यु भएको हो ।
महिनावारी भएर पेट दुखेपछि सिर्जनाले औषधि खान पानी मागेकी थिइन् । सोही क्रममा शिक्षिका अम्बिका लम्सालले दिएको स्प्रिट पिउँदा उनको मृत्यु भएको हो ।
पानी भनेर स्प्रिट दिने शिक्षिकालाई प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । सिरहा नगरपालिका ११ भलुवाही घर भएकी सिर्जनाको उपचारको क्रममा कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पतालमा शनिबार साँझ मृत्यु भएको हो ।
छात्राको मृत्युपछि विद्यार्थीहरूले गरेको प्रदर्शनमा ढुंगामुढा गरेपछि ६ राउण्ड हवाई फायर गरिएको प्रहरीले जनाएको छ । प्रदर्शनमा सात जना प्रहरी घाइते भएका छन् ।














मधेस प्रदेशमा माघ १८ गते सार्वजनिक बिदा
स्वास्थ्य बीमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री शर्मा
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
प्रतिक्रिया