आइतबार, चैत ८, २०८२

जनसेवा सहकारीको वार्षिक कारोबार सात करोड ३६ लाख भन्दा बढी

मेरोन्यूज २०७९ पुष २५ गते १४:३१


खोटाङ।  जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक कारोबार सात करोड नाघेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित सहकारीको आर्थिक वर्ष २०७८/०७९ मा वार्षिक कारोबार पुँजी सात करोड ३६ लाख ६१ हजार २८४ रुपैयाँ पुगेको हो । 

Advertisement
nepal life insurencenepal life insurence

जालपामा शनिबार सम्पन्न २६औं साधारणसभामा सहकारीले हालसम्म चार करोड ६६ लाख ८४ हजार २०५ रुपैयाँ निक्षेप संकलन गरेको जानकारी दिएको छ । बचत गर्ने र आयमुलक काममा लगानी गर्दै जिविकोपार्जनमा टेवा पुर्‍याउने उद्धेश्यले जनसेवा समाज नेपाल जालपाको पहलमा साक्षरता कक्षामा सहभागी महिलामार्फत ०५३ सालमा स्थापना गरिएको सहकारीको सेयर पुँजी ८१ लाख ४९ हजार ६०० रुपैयाँ पुगेको जनसेवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ध्रुव श्रेष्ठले जानकारी दिए ।

हाल पाँच करोड ८८ लाख ६६ हजार ७६७ रुपैयाँ ऋण लगानीमा रहेको सहकारी संस्थाका अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको २०७८/०७९ को प्रगती प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष २०७८/०७९ मा सहकारीले आठ लाख ५१ हजार ९५६ शेयर लाभांश वितरण गरेको छ । साधारणसभाले भावी निती तथा कार्यक्रम, प्रस्तावित बजेट, लेखा परीक्षण, विद्यान संशोधन लगायत पारित गरेको छ । 

प्रतिक्रिया