बैंक तथा वित्तीय संस्था परिसङ्घको अध्यक्षमा गोल्यान सर्वसम्मत चयन

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को तेस्रो वार्षिक साधारणसभाले एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
आइतबार बसेको साधारणसभाले वरिष्ठ उपाध्यक्षमा भोजबहादुर शाह र राजेश उपाध्याय, महासचिवमा राजनसिंह भण्डारी, कोषाध्यक्षमा तुल्सीराम अग्रवाल, सचिवमा कुशप्रसाद मल्ली र सहकोषाध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठलाई सर्वसम्मत चयन गरेको हो ।
त्यस्तै, सदस्यहरूमा उपेन्द्र केशरी न्यौपाने, उपेन्द्रप्रसाद पौडेल, लिलाप्रकाश सिटौला, मोतिलाल दुगड, राधेस पन्त, महेन्द्रकुमार गोयल, भरतराज ढकाल र हिरेन्द्रमान प्रधान चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष पवनकुमार गोल्यानले सिबिफिनले स्थापनाको छोटो अवधिमै प्राप्त गरेको विरासतलाई थप उचाईमा पु¥याउँदै मूलतः बैंकिङ क्षेत्रको साझा संस्थाको रुपमा विस्तार गर्ने बताएका छन् । “बैंकिङ क्षेत्रको सुधार, विकास एवं विस्तारमा केन्द्रित गर्दै समग्र राष्ट्रको आर्थिक विकासमा महत्वपूर्ण टेवा पु¥याउने अभिन्न सहयोगी संस्थाको रुपमा सिबिफिनलाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्दछु ।”, गोल्यानले भने ।
बैंक तथा वित्तीय संस्थाहरूले सरकार, नियामक निकाय र सरोकारावाला संस्थासँग निरन्तर सहकार्य गर्दै उनले तीव्र आर्थिक गतिविधिमार्फत् राष्ट्रको अर्थतन्त्रलाई सवल र आत्मनिर्भर बनाउने दिशामा केन्द्रित हुन आवश्यक रहेको समेत बताए ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया