नेपालकै पहिलो पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक

काठमाण्डौँ । ग्राहकहरूलाई सबैभन्दा किफायती र आकर्षक इन्टरनेट प्याकेजहरू प्रदान गर्दै आएको इन्टरनेट सेवा प्रदायक सीजीएनईटीले नेपालकै पहिलो पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत कम्पनीले एक हजार ४९ रुपैयाँमा २५० एमबीपीएस इन्टरनेट र एक हजार १५४ रुपैयाँमा प्रति महिनामा २५० एमबीपीएस र आईपीटीभी प्रदान गर्ने जनाएको छ ।
कम्पनीका अनुसार यो योजनाले कम मूल्यमा उच्च गतिको इन्टरनेट खोज्ने ग्राहकहरूले अब एकमुष्ट रकम नतिरेर मासिक आधारमा भुक्तानी गर्न सक्ने भएकाले पोष्टपेड प्लानबाट उच्च लाभ लिन सक्ने छन् ।
ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै सीजीएनईटीले यो नयाँ पोस्टपेड योजना ल्याएको हो । “पहिले सेवा पछि पैसा”को अवधारणाले सुरु गरिएको यस योजनाले ग्राहकहरूलाई इन्टरनेट प्रयोग गरे पछि भुक्तानी गर्ने विशेष सेवा दिनेछ ।
यो नियमित प्रिपेड प्लानहरूभन्दा सस्तो छ । जसले मासिक रूपमा भुक्तानी गर्दा पनि वार्षिक प्याकेज बराबरको सेवा सुविधा प्रदान गर्छ । साथै, फिर्ता गरिने गरी दुई हजार पाँच सय रुपैयाँको धरौटीबाहेक ग्राहकले राउटर, ड्रप–वायर र जडान खर्च जस्ता कुनै पनि अतिरिक्त शुल्क तिर्नु पर्ने छैन ।
इन्टरनेट क्षेत्रको भुक्तानी प्रक्रियालाई नै रूपान्तरण गर्ने प्रयासमा सीजीएनईटीले प्रयोगकर्ताका लागि पहिले कहिले नसुनेका लाभसहित पोस्टपेड योजना ल्याएको छ ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया