आइतबार, चैत ८, २०८२

एनएमबि बैंकको २७ औं बार्षिक साधारण सभा सम्पन्न

मेरोन्यूज २०७९ पुष २६ गते ७:३४

काठमाडौं । एनएमबि बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरुको उपस्थितिमा साधारण सभा सम्पन्न भएको छ । सोमबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाण्डौंमा २७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

एनएमबि बैंकको सञ्चालक समितिकाअध्यक्षश्री पवनकुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो । सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गरेका थिए ।


उक्त वार्षिक साधारण सभाद्वारा आ.व. २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ८.२५ प्रतिशत (कर सहित) नगद लाभांश पारित गरेको छ । बैंकको २०७९ आषाढ सम्ममा खुद नाफा ३ अर्ब २९ करोड, निक्षेप रु. १८६.४० अर्ब र कर्जा रु. १८२.०९ अर्ब रहेको छ ।

बैंकले हाल देशभरी २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया