अस्पतालको ठगी धन्दा र लापरबाहीले सप्तरीकी धनेश्वरीको मृत्यु

राजविराज। बिराटनगर महानगरपालिका वडा नम्बर-९ हस्पिटल चोकस्थित शिवमार्गमा रहेको श्री अस्पताल प्रा.लिको ठगी धन्दा र लापरबाहीका कारण जिल्ला सप्तरी महादेवा गाउँपालिका वडा नम्बर ४ बस्ने महेश्वर मुखियाकी श्रीमति धनेश्वरी देवी मुखियाको मृत्यु भएको छ। अन्दाजी वर्ष ४५ की धनेश्वरीको मंगलबार दिउँसो १२ बजेर १५ मिनेटको समयमा मृत्यु भएको हो।
पाठेघरको शल्यक्रिया गराउन उक्त अस्पतालमा भर्ना भएकी उनको शल्यक्रिया बिग्रेपछि मृत्यु भएको परिवारजनले आरोप लगाएका छन्। मोटो रकम खर्च गरेर शल्यक्रिया गराएको उनलाई बचाउन नसकेपछि परिवार शोकमा डुबेको छ। शल्यक्रिया पश्चात् डिस्चार्ज गरेको उनलाई घर ल्याउँदा अवस्था खराब हुन थालेपछि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा भर्ना गरिएको थियो। उक्त अस्पतालमा उपचार सम्भव नरहेको भन्दै रेफर गरेकाले पुनः श्री अस्पतालमा भर्ना गराएका थिए ।
दुई दिन सोहि अस्पतालमा भर्ना रहेपछि सुधार हुने स्थिति नदेखिएपछि अस्पतालले धरानस्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा रेफर गरेका थिए । धरानको उक्त अस्पतालले पुस २५ गते उपचार सम्भव नरहेको भन्दै डिस्चार्ज गरेको थियो।
२०७७ जेष्ठ १८ गते आइतबार श्री अस्पताल सञ्चालक राजेश अग्रवालले पुर्व जानकारी बिना नै उक्त अस्पताल बन्द गरेका थिए। तीन डाक्टरसहित ४३ जना कर्मचारी कार्यरत रहेको उक्त अस्पतालका सञ्चालकले कोरोना महाकारीका कारण बिरामीको चाप न्यून हुँदै गएपछि बन्द गरेका थिए। त्यसपछि कर्मचारीहरुले सञ्चालक अग्रवालकाे घर घेरेपछि तलब विषयको विवाद मिलाइएको थियो।
गत भदौ १९ गतेदेखि नयाँ व्यवस्थापन सहित पुनः अस्पताल सञ्चालनमा आएको अस्पताल प्रशासनले जानकारी दिएकाे छ। अस्पताल प्रशासनसँग यस विषयमा सोधखोज गर्दा शल्यक्रिया गर्ने चिकित्सकले फोन गरेर जानकारी गराउने बताइएकाे छ ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया