आइतबार, चैत ८, २०८२

थाहा पाउनुहाेस् आजकाे तरकारी तथा फलफूल मूल्य

मेरोन्यूज २०७९ पुष २७ गते १०:४८

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार बुधबार रातो आलु ३८ रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठूलो ४० रुपैयाँ प्रतिकेजी रहेको छ । यो समितिले दिएको न्यूनतम मूल्य हो । 

Advertisement
nepal life insurencenepal life insurence

यसैगरी सुन्तला १०० रूपैयाँ, कालो अंगुर र अनार ३०० रुपैयाँ प्रतिकेजी रहेको छ । साथै, हरियो अंगुर १८०, अम्बा १००, आभोकाडो ३००, किवि २०० प्रतिकेजी र केरा १२० रुपैयाँ दर्जन रहेको छ । 

कन्य च्याउ प्रतिकेजी १४० रुपैयाँ रहेको छ भने डल्ले च्याउ ३०० रुपैयाँ रहेको छ । ब्रोकाउली ६० रुपैयाँ, काउली स्थानिय ४० रुपैयाँ, रातो बन्दा ७० रुपैयाँ, तोरी साग ४० रुपैयाँ, रातो मुला ४० रुपैयाँ रहेको छ ।

तामा ९० रुपैयाँ प्रतिकेजीमा पाइन्छ । राजमा घिउ सिमी ९०, तिते करेला १२० रुपैयाँ, प्याज हरियो ७० रुपैयाँ, सुकेको प्याज ४४, भिण्डी ९० रूपैयाँ, लौका ६० रुपैयाँ,  गुन्द्रुक २५० रुपैयाँ, नेपाली सुकेको लसुन ९० रुपैयाँ, हरियो धनिया ८० रुपैयाँ र कागती ९० रुपैयाँ प्रतिकेजी रहेको छ ।
 

प्रतिक्रिया