आज पनि घट्यो अमेरिकी डलरको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैँकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलरमा आज पनि ओरालो लागेको छ । अमेरिकी डलरमा १ रुपैयाँ ३३ पैसाले ओरालो लागेको हो । बिहीबार यसको खरिददर १३० रुपैयाँ २३ पैसा र बिक्रीदर १३० रुपैयाँ ८३ पैसा तोकिएको छ । अघिल्लो दिन अमेरिकी डलरको खरिदमा १३० रुपैयाँ ५६ पैसा र बिक्रीमा १३२ रुपैयाँ १६ पैसाले कारोबार भएको थियो ।
रोपियन युरो ३२ पैसाले घटेको छ । यसकोे खरिददर १३९ रुपैयाँ ९२ पैसा र बिक्रीमा १४० रुपैयाँ ५६ पैसा तोकिएको छ । अघिल्लोदिन युरोको खरिददर १४० रुपैयाँ २३ पैसा र बिक्रीदर १४० रुपैयाँ ८८ पैसामा भएको थियो ।
अष्ट्रेलियन डलरमा सामान्य परिवर्तन भएको छ । यसको खरिदमूल्य ९० रुपैयाँ १ पैसा र बिक्रीमूल्य ९० रुपैयाँ ४२ पैसामा कारोबार भइरहेको छ ।
त्यस्तै, साउदी अरेवियन रियालको खरिददर ३४ रुपैयाँ ६८ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८४ पैसा तोकिएको छ ।
यता, कतारी रियालको खरिदमा ३५ रुपैयाँ ५७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७३ पैसा र मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ७९ पैसा र बिक्रीमूल्य २९ रुपैयाँ ९३ पैसा रहेको छ ।
यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ४५ पैसा र बिक्रीमा १० रुपैयाँ ५० पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ६७ पैसा र बिक्रीमा १६ रुपैयाँ ७५ पैसा, कुवेती दिनार एकको खरिददर ४२५ रुपैयाँ ७१ पैसा र बिक्रीमा ४२७ रुपैयाँ ६७ पैसा र बहराइन दिनार एकको खरिदमा ३४५ रुपैयाँ ४७ पैसा र बिक्रीमा ३४७ रुपैयाँ ७ पैसा नेपाल राष्ट्र बैंकको विवरणमा उल्लेख छ ।
















सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
आज विश्व जल तथा मौसम दिवस मनाइँदै
पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?
नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया