बिहीबार, माघ १५, २०८२

चिर्पटले हानेर हत्या गरेको अभियोगमा पक्राउ

मेरोन्यूज २०७९ पुष २८ गते १३:३३

लमजुङ । जिल्लाको राइनास नगरपालिका ९ कुडुले बस्ने ५५ वर्षीय हितमान श्रेष्ठलाई चिर्पटले हानेर हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३६ वर्षीय वेलराम गुरुङ रहेका छन् । उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

०७४ साउन ११ गते हितमान श्रेष्ठलाई हत्या गरी फरार रहेका गुरुङलाई चितवन भरतपुर महानगर १६ मा लुकेर बस्दै आएका अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको हो

प्रतिक्रिया