८ वर्षपछि फरार चौधरी कारागार चलान
मेरोन्यूज
२०७९ पुष २९ गते २१:२०
काठमाडौँ । डाँका मुद्दामा फरार प्रतिवादीलाई कैद भुक्तानका लागि शुक्रबार करागार चलान गरिएको छ ।
आठ वर्षदेखि फरार रहेका जिल्लाको सुरुङ्गा नगरपालिका ६ बस्ने ३८ वर्षीय सञ्जिव कुमार चौधरीलाई कैद भुक्तानका लागि करागार चलान गरिएको हो ।
डाँका गरी फरार भएकोमा सप्तरी जिल्ला अदालतले १७ असार २०७१ मा उनलाई दोषी ठहर गर्दै तीन वर्ष कैदको फैसला सुनाएको थियो ।
प्रहरीले उनलाई पक्राउ गरी सप्तरी जिल्ला अदालतमा उपस्थित गराउँदा कैद भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिए ।
प्रहरीका अनुसार चौधरीले १३ भदौ २०६६ मा राति डेढ बजेको समयमा गोसाईं चौधरीको घरभित्र प्रवेश गरी नगद, सुनचाँदीका गरगहना तथा जिन्सी धनमाल घरेलु हातहतियार देखाएर डाँका गरी फरार भएका थिए ।
सम्बन्धित
















आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै
अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचन ३४ दिन बाँकी, विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक
मौसम पूर्वानुमान: उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
प्रतिक्रिया