त्रिवि शिक्षण अस्पतालमा नवौं कलेजो प्रत्यारोपण

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा नवौं कलेजो सफलतापूर्वक प्रत्यारोपण गरिएको छ। विभिन्न कारणले ९ महिनादेखि रोकिएको कलेजो प्रत्यारोपण शुक्रबार राती सर्जन प्रा.डा. रमेश सिंह भण्डारी नेतृत्वको टिमले प्रत्यारोपण गरेको हो।
काठमाडौं बाहिरका ५२ वर्षीय पुरूषलाई उनका १९ वर्षीय छोराले कलेजो दान गरेको डा. भण्डारीले जानकारी दिए। डा. भण्डारीका अनुसार नवौं कलेजो प्रत्यारोपण सम्पन्न गरेको जानकारी दिँदै डा. भण्डारीले बिरामीको अवस्था सामान्य रहेको छ। त्रिवि शिक्षण अस्पतालमा २०७६ जेठ १८ गते पहिलो पटक कलेजो प्रत्यारोपण सम्पन्न भएको थियो।
त्यसयता डा. भण्डारीकै नेतृत्वमा ९ वटा कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भइसकेका छन्। त्रिवि शिक्षणले २०७७ चैतमा ११ महिनाका बालकमा पनि सफल कलेजो प्रत्यारोपण गसिसकेको छ। जुन नेपालमै पहिलो बाल कलेजो प्रत्यारोपण थियो।
















कम्युनिष्ट आन्दोलनलाई पुनःगठित गरेर अगाडि बढ्छौँ: महासचिव पोखरेल
इरानी प्रतिनिधिलाई सैन्य पोशाकमा र अमेरिकीलाई सुटमा स्वागत गरे पाकिस्तानी सेना प्रमुखले
सप्तरीमा आगलागी हुँदा एक घर जलेर नष्ट
प्रतिनिधिसभाको प्रथम अधिवेशनद्वारा प्रक्रियागत काम पूरा, आगामी अधिवेशनका निम्ति मार्ग प्रशस्त
सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
प्रतिक्रिया