मंगलबार, वैशाख २२, २०८३

बालकद्वारा शिक्षिकामाथि गोली प्रहारः बन्दुकबारेमा गराइएको थियो सचेत

मेरोन्यूज २०७९ पुष ३० गते १३:१६


न्युयोर्क । भर्जिनिया स्कुलमा गत साता आफ्नो शिक्षकलाई गोली हानेको कथित रूपमा बच्चासँग हतियार हुन सक्ने भनेर गोली चलाउनु अघि त्यहाँका एक कर्मचारीलाई सचेत गरिएको बताइएको छ । गत साता ६ वर्षीय बालकले आफ्नै शिक्षकलाई विद्यालयमा गोली हानेका थिए । 

Advertisement
NiccNicc

सचेतपछि बालकको झोला खोजियो तर कुनै हतियार फेला परेन, रिचनेक इलिमेन्टरी स्कूलका सुपरिटेन्डेन्ट जर्ज पार्करले अभिभावकलाई बताए।
प्राथमिक कक्षाकी शिक्षिका अबिगेल ज्वेर्नरलाई बालकले “जानाजानी“ गोली हानेको प्रहरीले बताएको थियो । शिक्षिकालाई गम्भीर चोट लागेको थियो । 

उनले आमाको बन्दुक प्रयोग गरेको प्रहरीले जनाएको छ । सो गोलीकाण्डले न्यूपोर्ट न्यूज सहरलाई त्राहिमान बनाएको छ । 
बालकले हतियार लुकाएका थिए वा किन अधिकारीहरूले झोलामा फेला पारेनन् भन्ने विद्यालय प्रमुख पार्करले स्पष्ट पारेका छैनन् । एजेन्सी
 

प्रतिक्रिया