अभिनेत्री महालक्ष्मी र निर्माता रविन्द्रको जोडीलाई ट्रोल, प्रयोगकर्ताले भने– पैसा भए सबै सम्भव छ

सन् २०२२ मा फिल्म निर्माता रविन्द्र चन्द्रशेखरले साउथकी चर्चित अभिनेत्री महालक्ष्मीसँग विवाह गरेका थिए । विवाहपछि रविन्द्र र महालक्ष्मीको जोडी चर्चामा छ। विवाहको ४ महिनापछि फेरी यो जोडी चर्चामा अाएकाे छ ।
वास्तवमा, हालै रविन्द्र र महालक्ष्मीले सामाजिक सञ्जालमा तस्बिरहरू सेयर गर्दै एकअर्कालाई प्रेम देखाएका थिए। महालक्ष्मीले पैसाका लागि फिल्ममेकर रविन्द्रसँग बिहे गरेको प्रयोगकर्ताको भनाइ छ, जसका कारण सामाजिक सञ्जालमा उनलाई ट्रोल गरिरहेका छन् ।
मेरी श्रीमती मेरो जीवनको आठौं आश्चर्य -रविन्द्रले आफ्नो विवाहको ४ महिना पूरा भएकोमा महालक्ष्मीको तस्बिर सेयर गर्दै लेखेका छन्-


‘मेरो खुशी तिमीलाई माया गर्नु होइन। तिमी मेरो लागि जिउछौ त्यो मेरो खुसी हो। अम्मु मैले यो ज्ञण्ण् दिनको पोस्टको लागि राम्रो क्याप्शन लेख्ने कोसिस गरें तर मैले केहि नाटकीय लेख्न सकिन। म जे महसुस गर्छु त्यही लेखेँ ।
उनले थपे ‘अम्मु ३७ वर्षपछि मैले १०० दिनमा हरेक सेकेन्ड खुसी पाएको छु । अझ धेरै माया, हेरचाह, मस्ति लडाइसंगै मलाई अगाडि बढाइरहनु।’


रविन्द्रसँगै पोस्ट सेयर गर्दै महालक्ष्मीले लेखेकी छिन्, ‘जीवन सुन्दर छ र तिमी पनि ।


अर्को पोस्टमा रविन्द्रले लेखेका छन्– मेरी श्रीमती मेरो जीवनको आठौं आश्चर्य हो । महालक्ष्मीले कमेन्ट सेक्शनमा लेखेकी छिन्– ‘मानिसले जेसुकै भनून्, मेरो मुटुको धड्कन बन्द नभएसम्म म तिमीलाई माया गर्नेछु ।’
ट्रोलर्सको निशानामा
महालक्ष्मी र रविन्द्रलाई यो पोस्टमा निकै ट्रोल गरिएको छ । एक प्रयोगकर्ताले कमेन्टमा लेखे- ‘भाइ, सरकारी जागिर छ?, अर्का प्रयोगकर्ताले लेखे- ‘पैसाको धेरै महत्त्व हुन्छ।’ अर्का प्रयोगकर्ताले लेखेका छन्– पैसा भए सबै सम्भव छ ।











एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
सरकार र नागरिक बचाउ अभियानका प्रतिनिधिबीच वार्ता सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
विधान संशोधनपछि सुरेन्द्र पाण्डेको आपत्ति : ‘हिजो घटाउने अनि आज बढाऔं भन्नु मनपरी होइन?’
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
प्रतिक्रिया