पोखरा विमान दुर्घटनामा लोकगायिका नीरा छन्त्यालको मृत्यु
मेरोन्यूज
२०७९ माघ १ गते १७:२०

काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा लोकगायिका नीरा छन्त्यालको पनि निधन भएको छ ।
माघे संक्रान्तिको अवसरमा पोखरामा आयोजना गर्न लागिएको कार्यक्रमका लागि प्रस्थान गरेकी उनको दुर्घटनामा मृत्यु भएको नीराकी दिदी हीरा छन्त्याल शेरचनले पुष्टि गरिन् ।
पोखरा उड्नुअघि नीराले फेसबुकमा माघे संक्रान्तिको तस्वीर र शुभकामना पोस्ट गरेकी थिइन् । त्यसअघिको अर्को स्टाटसमा उनले ‘भोलि पोखरामा रमाइलो गर्नुपर्छ’ भन्दै स्टाटस पनि लेखेकी थिइन् ।
नीरा लाइभ दोहोरीमा चलेकी कलाकार हुन् ।
आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा त्यसमा सवार ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ, जसमध्ये हालसम्म ११ जनाको सनाखत भएको छ । विमानमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए ।
सम्बन्धित















हर्क साम्पाङ र सुदन किरातीबिच एकताको सहमति
यस्तो छ आज कृषिउपजको मूल्य
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
ट्रम्पले भने – इरानी आक्रमणबीच तीन अमेरिकी युद्धपोतले सफलतापूर्वक होर्मुज जलमार्ग पार गरे
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया