युनियन, गुराँस र प्राइम लाइफबीच अन्तिम मर्जर सम्झौता
मेरोन्यूज
२०७९ माघ २ गते ११:०५

काठमाडौं । प्राइम लाइफ, गुँरास लाइफ र युनियन लाइफ इन्स्योरेन्सले मर्जर सम्झौता गरेका छन् । आइतबार तीनवटै कम्पनीको संयुक्त मर्जर कमिटिबीच मर्जर सम्झौता भएको हो ।
तीन वटा कम्पनी समान सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा मर्जरमा जाने गरी अन्तिम सम्झौता भएको छ । उक्त मर्जरलाई बीमा क्षेत्रकै बिग मर्जरको रुपमा हेरिएको छ । मर्जरपछि बन्ने नयाँ कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी रहनेछ ।
मर्जरपछि बन्ने नयाँ कम्पनीको अध्यक्षमा युनियन लाइफ इन्स्योरेन्सका सुलभ अग्रवाल रहनेछन् भने सीईओको जिम्मेवारी युनियन लाइफकै वर्तमान सीईओ मनोज कुमारलाल कर्णले सम्हाल्ने भएका छन् ।
मर्जरपछि बन्ने नयाँ कम्पनीको पूँजी सात अर्ब ६९ करोड पुग्नेछ । यसअघि तीनवटै कम्पनीले गत बैशाखमा मर्जरको प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए ।
सम्बन्धित
















सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
आज विश्व जल तथा मौसम दिवस मनाइँदै
पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?
नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया