युनियन, गुराँस र प्राइम लाइफबीच अन्तिम मर्जर सम्झौता
मेरोन्यूज
२०७९ माघ २ गते ११:०५

काठमाडौं । प्राइम लाइफ, गुँरास लाइफ र युनियन लाइफ इन्स्योरेन्सले मर्जर सम्झौता गरेका छन् । आइतबार तीनवटै कम्पनीको संयुक्त मर्जर कमिटिबीच मर्जर सम्झौता भएको हो ।
तीन वटा कम्पनी समान सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा मर्जरमा जाने गरी अन्तिम सम्झौता भएको छ । उक्त मर्जरलाई बीमा क्षेत्रकै बिग मर्जरको रुपमा हेरिएको छ । मर्जरपछि बन्ने नयाँ कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी रहनेछ ।
मर्जरपछि बन्ने नयाँ कम्पनीको अध्यक्षमा युनियन लाइफ इन्स्योरेन्सका सुलभ अग्रवाल रहनेछन् भने सीईओको जिम्मेवारी युनियन लाइफकै वर्तमान सीईओ मनोज कुमारलाल कर्णले सम्हाल्ने भएका छन् ।
मर्जरपछि बन्ने नयाँ कम्पनीको पूँजी सात अर्ब ६९ करोड पुग्नेछ । यसअघि तीनवटै कम्पनीले गत बैशाखमा मर्जरको प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए ।
सम्बन्धित









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
आज मंसिर १९ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया