स्वास्थ्य मन्त्रालय राष्ट्रिय स्वतन्त्रको भागमा
मेरोन्यूज
२०७९ माघ २ गते १५:२१

काठमाडौँ । सत्ता साझेदारी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन मन्त्रालय मात्रै पाउने भएको छ । पार्टी सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका छन् ।
सरकार विस्तार गर्ने तयारी भएसँगै रास्वपाले अब थप दुई मन्त्रालय पाउने भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलपछि मन्त्रालय भागबण्डा टुंगिएको हो ।
सोमबार एमाले अध्यक्ष ओलीको निवास बालकोटमा सत्ता गठबन्धनका दुई शीर्ष नेताहरूबीच छलफल भएको थियो ।
रास्वपाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पाउने पक्का भइसकेको छ । अर्को मन्त्रालय युवा तथा खेलकुद पाउने सम्भावना छ । खेलकुद मन्त्रालयमा माओवादीले पनि दाबी गर्दै आएको छ ।
सम्बन्धित
















रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको पूर्वानुमान
आज शुक्रबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी
प्रतिक्रिया