भारतले पठायो पेट्रोलिय पदार्थको नयाँ मूल्य सूची, कुनको मूल्य कति ?
मेरोन्यूज
२०७९ माघ २ गते १५:४०
काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नयाँ मूल्य सूची पठाएको छ । आईओसीले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्य सूची पठाएको हो ।
नयाँ सूचीअनुसार पेट्रोलको मूल्य बढेर आएको छ । जसमा प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेको निगमले जनाएको छ । डिजेलको प्रतिलिटर ३ रुपैयाँ ७३ पैसा घटेको छ ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएसँगै निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो । निगमले आईओसीलाई तिर्नु पर्ने बक्यौता रकम करिब ११ अर्ब रुपैयाँ छ । यस्तै, सरकारलाई करिब सात अर्ब रुपैयाँ ऋण तिर्नु पर्ने भएको छ ।
सम्बन्धित
प्रतिक्रिया