सोमबार, चैत ९, २०८२

लक्ष्य भन्दा २४ प्रतिशतले घट्यो आन्तरिक राजस्व कार्यालय विराटनगरको राजस्व

मेरोन्यूज २०७९ माघ ३ गते ११:४६

विराटनगर । आन्तरिक राजश्व कार्यालय विराटनगरले ६ महिनामा ३ अर्ब ३९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले साउनदेखि पुससम्म ६ महिनाको अन्तरालमा ३ अर्ब ३९ करोड रुपैयाँ राजस्व संकलन गरेको हो । चालू आर्थिक वर्षमा सो कार्यालयको लक्ष्य ६ महिनामा ४ अर्ब ४८ करोड रुपैयाँ राजस्व संकलन गर्ने थियो । लक्ष्य भन्दा २४ प्रतिशतले राजस्व घटेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

कार्यालयले गत आर्थिक वर्षको साउनदेखि पुससम्मको ६ महिनामा ३ अर्ब ७९ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । चालू आर्थिक वर्षको सोही अवधिकको ६ महिनामा ४० करोड रुपैयाँ कम राजस्व संकलन गरेको हो ।

कार्यालयले मूल्य अभिवृद्धि कर (भ्याट) मा भने २४ प्रतिशतले वृद्धि गरेको छ । गत वर्षको ६ महिनामा भ्याट वापतको राजस्व ९६ करोड रुपैयाँ भएको थियो । चालू आर्थिक वर्षमा १ अर्ब १९ करोड रुपैयाँ राजश्व संकलन भएको छ ।

अन्तःशुल्क गत आर्थिक वर्षको ६ महिनाभन्दा कम उठेको छ । गत आर्थिक वर्षको साउनदेखि पुससम्मको ६ महिनामा १ अर्ब २८ करोड रुपैयाँ अन्तःशुल्क वापतको रकम संकलन भएको थियो भने चालू आर्थिक वर्षको ६ महिनामा अन्तःशुल्क वापत ७५ करोड रुपैयाँमा मात्र राजस्व संकलन भएको छ ।

प्रतिक्रिया