नेपाल टेलिकमको टेलिफोन सेवा देशभर नै अवरुद्ध
मेरोन्यूज
२०७९ माघ ३ गते १२:३५
काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवा देशैभर अबरुद्ध भएको छ । कम्पनीको मोबाइल सेवा अन्तर्गतका ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोन मंगलबार मध्यान्ह १२ बजेदेखि अबरुद्ध भएको हो ।
उपभोक्ताहरुले टिपाएको गुनासोअनुसार नेपाल टेलिकमका इन्टरनेट र एसएमस सेवासमेत अवरुद्ध भएको छ । सेवा अवरुद्ध भएपछि नेपाल टेलिकमका उपभोक्ताहरु समस्यामा परेका छन् । टेलिकमको आधिकारिक वेबसाइटसमेत अवरुद्ध छ ।
सम्बन्धित
प्रतिक्रिया