शनिबार, माघ १२, २०८१

कालिका इनर्जीको वार्षिक साधारणसभा माघ १० गते हुँदै

मेरोन्यूज २०७९ माघ ३ गते १३:३३

काठमाडौं । कालिका इनर्जी लिमिटेडले वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले माघ १० गते आफ्नो कर्पोरेट अफिस बालुवाटार काठमाडौंमा साधारणसभा बोलाएको हो ।

Advertisement

उक्त सभामा आर्थिक वर्ष २०७८/०७९ को संचालक समितिको तर्फबाट पेश भएको प्रतिवेदन छलफल तथा पारित गर्ने, आ.व.२०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाहको विवरण सहितको लेखा परिक्षण प्रतिवेदन माथी छलफल तथा पारित गर्ने, आ.व.२०७८/०८० का लागि लेखापरिक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

त्यस्तै, संचालक समितिको गठन गर्ने, कम्पनी सचिवको नियुक्ति र निजको पारिश्रमिक निर्धारण तथा वार्षिक साधारणसभाको माइन्युटमा हस्ताक्षर गर्न प्रतिनिधि चयन गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया