शिवम् सिमेन्टको प्रवन्ध निर्देशकमा रघुनन्दन मारु नियुक्त
मेरोन्यूज
२०७९ माघ ३ गते १३:४३
काठमाडौं । शिवम् सिमेन्टले प्रवन्ध निर्देशकमा रघुनन्दन मारुलाई नियुक्त गरेको छ । पुस २९ गते बसेको सञ्चालक समितिले नव निर्वाचित सञ्चालक मारुलाई नै नियमित रुपमा कम्पनीको काम कारबाही गर्ने प्रवन्ध निर्देशक पदमा नियुक्त गरेको हो । यसअघि याे जिम्मेवारी कम्पनीका अध्यक्ष रहेका सुरेन्द्र प्रसाद गोयललाई दिइएको थियो ।
बैंक वित्तीय संस्था र बीमा कम्पनीहरुमा सञ्चालक समितिका पदाधिकारीहरु उच्च व्यवस्थापकिय भुमिकामा बस्न नपाउने व्यवस्था छ । तर वास्तविक क्षेत्रको नियामक निकाय नभएको हुँदा यस्ता विषयमा नियमन छैन । जसले गर्दा सञ्चालकहरु नै कम्पनीको प्रमुख व्यवस्थापकीय भुमिकामा रहदै आएको पाइन्छ ।
सम्बन्धित
प्रतिक्रिया