सोमबार, माघ ७, २०८१

शपथलगत्तै राप्रपाका मन्त्रीहरु पशुपतिको दर्शनमा पुगे

मेरोन्यूज २०७९ माघ ३ गते १३:४२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनियुक्त मन्त्रीहरु शपगलगत्तै पशुपतिको मन्दिरमा दर्शनका लागि प्रस्थान गरेका छन् । शीतल निवासबाट उपप्रधान एवम् ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसहितका मन्त्रीहरु पशुपतिको दर्शनका लागि हिँडेको प्रवक्ता राप्रपाका एक पदाधिकारीले बताए ।
पशुपतिको दर्शनपछि मन्त्रीहरु सिंहदरबारमा पदभार ग्रहणका लागि पुग्ने उनको भनाइ बताइएको छ । राप्रपाबाट लिङ्देनसहित ध्रुवबहादुर प्रधान, विक्रम पाण्डे मन्त्री बनेका छन् भने दीपक सिंह राज्यमन्त्री बनेका छन्

Advertisement

प्रतिक्रिया