आइएमई पेले फेरि ल्यायो मोबाइल रिचार्जमा क्यास ब्याक

काठमाडौँ । आइएमई पेले मोबाइल रिचार्जमा पाँच प्रतिशतसम्मको क्यासब्याक अफर पुनः सुरु गरेको छ । यसभन्दा अघि ल्याइएको उक्त अफर ग्राहकवर्गको उच्च मागमा पौष ३० गतेबाट पुनः सुरु गरिएको हो ।
यस अफरमार्फत प्रयोगकर्ताहरूले आइएमई पे एप दर्ता गरेको मोबाइल नम्बरमा मोबाइल ब्यालेन्स रिचार्ज गर्दा पाँच प्रतिशत क्यासब्याक र अन्य कुनै मोबाइल नम्बरमा मोबाइल ब्यालेन्स रिचार्ज गर्दा दुई प्रतिशत क्यासब्याक पाउने जानकारी सार्वजनिक गरिएको छ ।
हाल ४० लाखभन्दा बढी प्रयोगकर्ताहरूलाई विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आइरहेको आइएमई पे ले सो अफर आफ्नो सम्पूर्ण ग्राहक वर्गलाई समर्पित गरेको छ ।
कम्पनीले यस अफरको नियम तथा शर्त स्वरुप हरेक प्रयोगकर्ताहरूले एक महिनाको समय अन्तरालमा आफ्नो मोबाइल नम्बरमा ब्यालेन्स रिचार्ज गर्दा अधिकतम रू. १०० क्यासब्याक र अरु मोबाइल नम्बरमा ब्यालेन्स रिचार्ज गर्दा अधिकतम रू. १०० क्यासब्याक प्राप्त गर्न सकिने जानकारी पनि दिएको छ ।















६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
चितवन राष्ट्रिय निकुञ्जमा पोखरी निर्माण र मर्मत सुरु
वर्षाले घट्यो वायु प्रदूषण
Slight decline in gold, silver prices
जेनजी आन्दोलनका क्रममा फरार दुईजना पक्राउ
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
प्रतिक्रिया