आइतबार, माघ १३, २०८१

आइएमई पेले फेरि ल्यायो मोबाइल रिचार्जमा क्यास ब्याक

मेरोन्यूज २०७९ माघ ३ गते १६:५६

काठमाडौँ । आइएमई पेले मोबाइल रिचार्जमा पाँच प्रतिशतसम्मको क्यासब्याक अफर पुनः सुरु गरेको छ । यसभन्दा अघि ल्याइएको उक्त अफर ग्राहकवर्गको उच्च मागमा पौष ३० गतेबाट पुनः सुरु गरिएको हो ।

Advertisement

यस अफरमार्फत प्रयोगकर्ताहरूले आइएमई पे एप दर्ता गरेको मोबाइल नम्बरमा मोबाइल ब्यालेन्स रिचार्ज गर्दा पाँच प्रतिशत क्यासब्याक र अन्य कुनै मोबाइल नम्बरमा मोबाइल ब्यालेन्स रिचार्ज गर्दा दुई प्रतिशत क्यासब्याक पाउने जानकारी सार्वजनिक गरिएको छ ।

हाल ४० लाखभन्दा बढी प्रयोगकर्ताहरूलाई विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आइरहेको आइएमई पे ले सो अफर आफ्नो सम्पूर्ण ग्राहक वर्गलाई समर्पित गरेको छ ।

कम्पनीले यस अफरको नियम तथा शर्त स्वरुप हरेक प्रयोगकर्ताहरूले एक महिनाको समय अन्तरालमा आफ्नो मोबाइल नम्बरमा ब्यालेन्स रिचार्ज गर्दा अधिकतम रू. १०० क्यासब्याक र अरु मोबाइल नम्बरमा ब्यालेन्स रिचार्ज गर्दा अधिकतम रू. १०० क्यासब्याक प्राप्त गर्न सकिने जानकारी पनि दिएको छ ।

प्रतिक्रिया