चीनको जनसंख्या घट्यो

काठमाडौँ । चीनमा दशकौँपछि पहिलेपटक जनसंख्या घट्दो क्रममा देखिएको छ । राष्ट्रिय तथ्यांक ब्युरोले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार अघिल्लो वर्षको तुलनामा सन् २०२२ मा आठ लाख पचास हजार जनसंख्या कम पाइएको छ ।
यो संख्यामा हङकङ, मकाउ र विदेश रहेका बासिन्दाहरूबाहेक मुख्य भूमि चीनमा मात्र रहेको जनसंख्या हो । यहाँ गत वर्ष एक करोड ४१ लाख मृत्यु दर्ता गरिएको थियो । यस्तै, ९० लाख ५६ हजार नवजात जनसंख्या रहेको थियो ।
योसँगै कूल जनसंख्या १.४१ अर्ब रहेको छ । कूल जनसंख्यामा पुरुषको संख्या ७२ करोड र महिलाको संख्या ६८ करोडको हाराहारीमा पुगेको छ ।
जनसंख्यामा देखिएको यो गिरावट देशले अंगीकार गरेको एक सन्तानको कडा नीतिको परिणाम रहेको बताइएको छ । पछिल्लो समय चीनले एक सन्तानको नीति त्यागेर दुई वा तीन सन्तान जन्माउन प्रोत्साहन गर्न खोजेको छ । तर, त्यो नीति प्रभावकारी देखिएको छैन ।
जनसंख्यामा आएको यो गिरावटमा अर्को मुख्य कारक तत्त्वका रूपमा शहरी क्षेत्रमा बालबालिका हुर्काउने लाग्ने खर्चलाई पनि लिने गरिएको छ ।
चीन लामो समयदेखि विश्वको सबैभन्दा बढी जनसंख्या भएको राष्ट्र बनेको छ । यद्यपि, भारतले चीनलाई छिट्टै उछिन्ने अपेक्षा गरिएको छ ।
हाल भारतको जनसंख्या १.४ अर्बभन्दा बढी रहेको र बढ्दै गइरहेको छ ।
















ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया