किर्गिस्तानद्वारा विदेशी मुद्रा निकाल्न प्रतिबन्ध
प्रतिबन्ध
मुद्रा निकाल्न प्रतिबन्ध
किर्गिजस्तानले

किर्गिस्तानले अर्को व्यवस्था नभएसम्मका लागि विदेशी मुद्रा झिक्न नपाउने नियम लागू गरेको छ । मन्त्रिपरिषद्ले यससम्बन्धमा निर्णय नगरेसम्म ब्याङ्कबाट विदेशी मुद्रा निकाल्न नपाइने किर्गिज सरकारले एक सूचना जारी गरेर जनाएको हो ।
मन्त्रिपरिषद्का अध्यक्ष अकिल्बेक झापारोभले जारी गरेको सूचनामा देशको आर्थिक सुरक्षा सुनिश्चित गर्न तथा आन्तरिक मुद्रा बजारलाई स्थायित्व प्रदान गर्दै राष्ट्रिय हितको रक्षाका खातिर अमेरिकी डलर निकाल्ने सीमा लागू गरिएको जनाइएको छ ।
नयाँ व्यवस्थाअनुसार गैरआवासीय र विदेशी नागरिकलाई पाँच हजार अमेरिकी डलरभन्दा बढी नगद निकाल्न निषेध गरिएको छ । किर्गिस्तानका बासिन्दा र नागरिकका लागि दश हजार डलर झिक्न पाउने व्यवस्था गरिएको र त्यो सीमा बढेमा १० प्रतिशत अतिरिक्त शुल्क लाग्नेछ ।
मन्त्रिपरिषद्ले अर्थ मन्त्रालय, भन्सार सेवालगायत सम्बद्ध सबै निकायलाई अमेरिकी डलर नगदमा निकाल्नबाट रोक्न आवश्यक कदम चाल्न निर्देशन पनि दिएको छ ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया